फेसबुकको प्रयोगलाई थप सहज बनाउन यो काम गर्न लागिएको कम्पनीको भनाई छ । हाल कम्पनी आफैले प्रयोगकर्ताहरूलाई नोटिफिकेसन पठाएर यस विषयमा जानकारी दिइरहेको छ ।
अन्य प्लेटफर्मभन्दा फेसबुकमा बढी व्यक्तिगत विवरण राख्न सकिन्छ । यसले गर्दा पनि फेसबुकमा गोपनीयतालाई लिएर धेरै विवाद पनि हुँदै आइरहेको छ । अब भने कम्पनीले अन्य प्लेटफर्मले प्रोफाइलमा नराखेका फिचरहरू फेसबुकमा पनि हटाउन खोजेको हो ।माथि उल्लेखित मध्ये आफूलाई चाहिने कुनै जानकारी भएमा आफ्नो डेटा पहिले नै डाउनलोड गर्नको लागि पनि कम्पनीले प्रयोगकर्ताहरूलाई आग्रह गरेको छ ।