यी अभिनेता चाँडै नै अर्को एक रोम-कम फिल्ममा देखिँदैछन् । सम्भवतः यस किसिमको फिल्म उनको करियरकै अन्तिम फिल्म हुनेछ । यो कुराको खुलासा स्वयम् रणवीरले गरेका हुन् ।
‘मलाई थाहा छैन, तर यो सायद मैले गर्ने अन्तिम रोमान्टिक कमेडी हुनेछ’ उनले भनेका छन्, ‘किनकी म बुढो हुँदै गएको छु ।’रणवीरको नयाँ अनाम रोमान्टिक फिल्मको निर्देशन लव रञ्जनले गरेका छन् । फिल्ममा उनको को–स्टार श्रद्धा कपूर छिन् ।
यो फिल्मबाहेक उनी फिल्म ‘एनिमल’मा पनि देखिँदैछन् । फिल्ममा उनी ग्रे शेडको चरित्रमा देखिनेछन् । फिल्मका निर्देशक सन्दीव वांगा रेड्डी हुन् । रणवीरको अभिनय रहेको पछिल्लो फिल्म ‘ब्रह्मास्त्र’ हिट साबित भइसकेको छ । यसले बक्सअफिसमा २५७ दशमलव ४४ करोड कलेक्सन गरेको थियो ।