नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर एक लाख ३०० रुपैयाँ पुगेको हो । बिहीबार छापावाल सुन तोलाको ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजाबी सुनको मूल्य तोलाको ९९ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बिहीबार तेजाबी सुनको मूल्य ताेलाकाे ९९ हजार २०० रुपैयाँमा काराेबार भएको थियो ।यता, शुक्रबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर १३ सय ९० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।