अभिनेता आर्यन सिग्देल र उपासना सिंह ठकुरी अभिनित चलचित्र ‘डिसेम्बर फल्स’ पुस १५ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।
अभिनेता आर्यन सिग्देलले चलचित्रमा रोमान्टिक, प्रेम, एक्शनसहित मिश्रण रहेकाले चलचित्र राम्रो रहेको बताएका छन् । उनले चलचित्रलाई निर्माण टिमले कुनै कन्जुस्याइँ नगरेको उल्लेख गरे ।अभिनेत्री उपासना सिंह ठकुरीले चलचित्रको सुटिङका क्रममा अग्रज कलाकारहरुबाट धेरै कुरा सिक्न पाएको बताइन् । मेकिङ, मिहेनत र कथावस्तुका आधारमा चलचित्र दर्शकहरुलाई मन पर्ने विश्वास व्यक्त गरिन् ।
चलचित्र पोखरा, काठमाडौंलगायत स्थानमा फिल्मको सुटिङ गरिएको छ । आर्यन र उपासनासँगै सलोन बस्नेत, सुमन थापा, दयाराम दाहाल र नरेश भट्टराईको अभिनय उक्त फिल्ममा देख्न पाइने छ ।