काठमाडौं । बंगलादेशमा आयोजना हुने ५औँ ‘आमन्त्रित बीकेएसपी कप एथलेटिक्स च्याम्पियनसिप’ मा नेपालका सातजना यू–१७ खेलाडी सहभागी हुने भएका छन् ।

मंसिर २७ देखि २९ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपालका ४ पुरुष र ३ महिला खेलाडीले सहभागिता जनाउने एथलेटिक्स परिवार नेपालले जनाएको छ ।

नेपालबाट सहभागी हुनेमा पुष्पराज यादव, ऋषिबहादुर कुमाल, सनिल गोर्खाली, विश्वराम कुँवर, काथ्रिन बसुकला, ब्रिटिशा शिल्पकार र सीमा श्रेष्ठ छन् ।
70
Shares
२२ मंसिर २०७९, बिहीबार १०:००