काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज बिहीबार चौथो खेल खेल्दैछ।

चौथौ तथा नामिबिया भ्रमणको अन्तिम खेलमा नेपालले स्कटल्याण्डको सामना गर्दैछ । युनाइटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः४५ खेल सुरु हुनेछ।

यस सिरिजमा दुबै देश चौथो खेल खेल्दैछन् । तेस्रो खेलमा स्कटल्याण्ड नामिबियासँग पराजित भएको थियो । नेपालले पनि तेस्रो खेलमा नामिबियासँग नै पराजित भएको थियो ।

यस सिरिजमा नेपाल, नामिबिया तथा स्कटल्याण्डको सहभागिता छ । नेपाल र स्कटल्याण्डले एकआपसमा तीन एकदिवसीय अन्तर्राष्ट्रियमा खेलेका छन्। दुईमा स्कटल्याण्ड तथा एक खेलमा नेपाल विजेता बनेको छ।

७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २३ खेलमा १८ अंक सहित छैठौं स्थानमा छ । स्कटल्याण्ड भने ३१ खेलमा ४४ अंकका साथ पहिलो स्थानमा छ ।
133
Shares
२२ मंसिर २०७९, बिहीबार ०९:२६