विराटनगर । झापाको कन्काई नगरपालिका–८ स्थित पूर्वपश्चिम लोकमार्गमा भएको दुर्घटनामा बुधबार एक युवकको मृत्यु भएको छ ।

ना३ख २९०४ नम्बरको ट्रकले प्रदेश १–०१–०१३ प ४०५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक २२ वर्षीय ओमप्रकाश राउत घाइते भएका थिए ।

उपचारका क्रममा उनको विर्तामोडस्थिजत बिएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक चालक मोरङको पथरी शनिश्चरेका पर्शुराम थापालाई इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले नियन्त्रणमा लिएको छ ।

994
Shares
२१ मंसिर २०७९, बुधबार १६:१०