विराटनगर । सन् २०२३ मा घुम्नका लागि संसारकै २३ उत्कष्ट स्थानको सूचीमा नेपालको मुस्ताङ पनि समेटिएको छ । ट्राभल म्यागजिन ‘कोन्ड नास्ट ट्राभलर’ ले विश्वभरका विभिन्न उत्कृष्ट गन्तव्यको सूचीमा मुस्ताङलाई पनि समेटेको हो ।

मुस्ताङ धौलागिरी अञ्चलको सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो। हिमालपारीको जिल्लाको नामबाट चिनिने यो जिल्ला धौलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको बीचमा अवस्थित छ।

करिब ३००० वर्षभन्दा अगाडिको पुरातात्विक उत्खननबाट देखिए अनुसार यो क्षेत्र परापूर्वकालमा नेपाल र तिब्बत बीचको व्यापारिक मुख्य नाका रहेको बुझिन्छ। यसको सदरमुकाम जोमसोम हो। यस जिल्लाको पूर्वमा मनाङ, पश्चिममा डोल्पा दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्दछन्।

यसको उत्तर–दक्षिण लम्बाई करिब ८० किलोमिटर र चौडाई बढिमा ४५ किलोमिटर छ। यो जिल्ला अन्नपूर्ण हिम श्रृङ्खलाको उत्तरमा पर्ने भएको हुनाले यहाँ एकदमै कम पानी पर्दछ।

यसको करिब करिब बीच भाग भएर काली गण्डकी नदी बग्दछ। यस नदीलाई स्थानीय भाषामा थाक खोला पनि भनिन्छ। यस जिल्लाका धेरै जसो बस्ती यही नदीको किनारमा अवस्थित छन्। यस जिल्लाको उत्तरी भागमा रहेको क्षेत्रलाई लोमान्थाङ भनिन्छ जुन त्यो नेपालकै एक विशेष क्षेत्र हो।

घुम्न लायक स्थानमा क्यानाडाको ब्रिटिश कोलम्बिया प्रान्तलगायत क्षेत्र छन् । यो प्रान्तमा ‘पुरानो प्राकृतिक सौन्दर्य’ महत्वपूर्ण रहेको उल्लेख गरिएको छ।
रकी माउन्टेन, हाइडा ग्वाइका मनोरम टापुहरुजस्ता घुम्नका लागि महत्वपूर्ण स्थानहरु रहेको उक्त संस्थाले जनाएको छ।

यसैगरी यो प्रान्तमा धेरै आदिवासीहरुका गतिविधिबारे पनि उल्लेख गरिएको छ । क्लाहुज वाइल्डनेस रिसोर्ट नजिकैका वन्यजन्तु हेर्ने, भ्यानकुभर अन्तर्राष्ट्रिय विमानस्थलको एकमात्र आदिवासी रेस्टुरेन्ट ‘साल्मन एन–ब्यानक’ को पनि प्रसंग उल्लेख गरिएको छ।

‘कोन्डे नास्ट’ का अनुसार भारत, युके, अमेरिका र स्पेनका सम्पादकहरुले नयाँ र कम यात्रा गरिएका स्थानहरुसँगै भ्रमण गर्न लायक पुराना स्थानहरुको मिश्रणलाई यसपटक आकर्षक गन्तव्यका रुपमा छनोट गरेका छन्।

त्यस्ता गन्तव्यहरुमा अकल्याण्ड, न्युजिल्याण्डलगायत पनि छन्। यसैगरी मध्य क्यालिफोर्नियाको तटलाई पनि उक्त सूचीमा स्थान दिइएको छ।

सूचीमा इजिप्ट, गीजाको ग्रान्ड इजिीपसयन म्युजियम, अप्रिकाका सबैभन्दा अग्ला गगनचुम्बी भवन र नाइल नदी आसपासको क्षेत्रलाई पनि उल्लेख गरिएको छ।

यसैगरी इजराइलको ग्यालिलीलाई पनि उत्कृष्ट गन्तव्यमध्ये राखिएको छ।

उक्त संस्थाले उल्लेख गरेका २०२३ मा भ्रमण गर्न सकिने उत्कृष्ट स्थानहरुको सूची यसप्रकार छ–

-मुस्ताङ, नेपाल
-अकल्याण्ड, न्यूजील्याण्ड
-ब्रिटिश कोलम्बिया, क्यानडा
-केन्द्रीय क्यालिफोर्निया कोस्ट, संयुक्त राज्य अमेरिका
-इजिप्ट
-गालील, इजरायल
-केन्या
-लोयर भ्याली, फ्रान्स
-माराकेच, मोरक्को
-मेलाइड्स, पोर्चुगल
-मेम्फिस, टेनेसी
-मेन्डोजा, अर्जेन्टिना
-क्विन्सल्याण्ड, अष्ट्रेलिया
-शारजाह, संयुक्त अरब इमिरेट्स
-श्रीनगर, भारत
-ताइवान
-टर्क र काइकोस
-भियना
-वेल्स
-पश्चिमी जापान
-युकाटान प्रायद्वीप, मेक्सिको
-जामोरा, स्पेन

28
Shares
२१ मंसिर २०७९, बुधबार १५:०४