काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले आज बुधबार नामिबियासँग खेल्दैछ ।

नेपालले तेस्रो खेलमा घरेलु टोलीसँग खेल्न लागेको हो । नेपाल र नामिबियाबीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो पौने दुई बजेदेखि सुरु हुनेछ ।

नामिबियामा भैरहेको यो श्रृंखलामा नेपाल, नामिबिया र स्कटल्याण्ड सहभागी छन् ।

नेपाल र नामिबियाबीच भएको पहिलो खेल वर्षाका कारण नतिजाविहीन हुँदा एक–एक अंक बाँडेका थिए ।

अर्को खेलमा नेपाल स्कटल्याण्डसँग ३ विकेटले पराजित भएको थियो । ७ टोली सहभागी विश्वकप लिग २ मा नेपाल २२ खेलमा १८ अंकसहित छैठौं स्थानमा छ ।

नामिबिया भने २९ खेलमा ३५ अंकका साथ तेस्रो स्थानमा छ । यो श्रृंखलाको अन्तिम खेलमा नेपालले भोलि बिहीबार स्कटल्याण्डसँग खेल्नेछ ।

28
Shares
२१ मंसिर २०७९, बुधबार १२:४४