सुर्खेत पञ्चपुरी नगरपालिका–३, तोक्मा घर भएका ३८ वर्षीय अमरबहादुर आले मगर पक्राउ परेका हुन् । श्रीमतीको हत्या गरेर भाग्दै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
हत्यापछि श्रीमतीको टाउको प्लास्टिक झोलामा पोको बनाएर भागेका थिए । ३० वर्षीया मीना आले मगरलाई हँसिया प्रहार गरेर घाँटी काटेर हत्या गरेर भाग्दै गरेको अवस्थामा अमरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।आरोपीलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको हिरासतमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मगर एक वर्षअघि बैदेशिक रोजगारीबाट फर्किएका थिए । उनीहरुका एक छोरा र एक छोरी छन् ।