कांग्रेस नेता गुरुराज घिमिरेद्वारा लिखित ‘बाटो बिराएको राजनीति’ पुस्तक सार्वजनिक गर्न विराटनगरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै कोइरालाले यस्तो भनाइ राखेका हुन् ।
बीपी कोइरालाले विराटनगरलाई राजनीतिक रूपमा स्थापित गरेको र गिरिजाप्रसाद कोइरालाले त्यसलाई संरक्षण गरेको बताउँदै उनले अबका दिनमा पहिलेको अवस्था फर्काउन सबैको सहयोग आवश्यक पर्ने बताए ।कोइरालाले राजनीतिलाई बाटो बिराउनबाट जोगाउने प्रतिबद्धता जनाउँदै नेपाली कांग्रेसलाई पुरानै अवस्थामा फर्काउन आफूले काम गर्ने पनि बताए ।
पछिल्ला दिन कांग्रेसको साख गिर्दै गएको हो कि भन्ने शंका उत्पन्न भएको बताउँदै कोइरालाले कांग्रेसलाई बाटो बिराउन नदिने बताए ।कोइरालाले पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने पनि बताए । कांग्रेसको साख गिर्न नदिन मुलुकमा सुशासन दिनका साथै भ्रष्टाचार र दण्डहीनता अन्त्य हुनुपर्नेमा जोड दिए ।
‘बाटो बिराएको राजनीति’ पुस्तकका सर्जक कांग्रेस नेता घिमिरेले अहिले पार्टीको नेतृत्व गर्ने नेताको खोजी भइरहेको धारणा राखेका थिजए ।
हालैको निर्वाचनबाट युवाहरू निर्वाचित भएको उल्लेख गर्दै उनले अब युवा नेताहरूले उपलब्धिमूलक काम गर्नुपर्नेमा जोड दिए ।