०.२५ प्रतिशतले ओरालो लागेको नेप्सेसँगै साथै सेन्सेटिभ इन्डेक्स पनि १.५६ अंकले घटेको छ । हिजाे सोमबार पनि सेयर बजार १.२५ प्रतिशतले ओरालो लागेको थियो ।
आज २५ लाख ८१ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा ९६ करोड ५२ लाखभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यस्तै, एक सय ९९ कम्पनीको कारोबार हुँदा ७८ कम्पनीकाे सेयरमूल्य वृद्धि भएको छ। साथै एक सय नाै कम्पनीकाे मूल्य ओरालो लाग्दा १२ कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ ।मंगलबार १३ उपसूचकमध्ये तीन उकालो लागेका छन् भने बाँकी सबै उपसूचक राताम्मे भएका छन् । वृद्धि हुने उपसूचकहरूमध्ये सबैभन्दा धेरै अन्य ०.५७ प्रतिशत र माइक्रोफाइनान्स ०.२८ प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ ।