काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनकाे मूल्य घटेकाे छ । साेमबारकाे तुलनामा मंगलबार ताेलामा ६०० रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजाबी सुनको मूल्य तोलाको ९८ हजार ८०० रुपैयाँ तोकिएको छ ।  सोमबार तेजाबी सुनको मूल्य तोलाको ९९ हजार ४०० रुपैयाँ निर्धारण गरिएको थियो ।

मंगलबार चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेको छ । चाँदी प्रतिताेला १३ सय ५० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ १३ सय ८५ रुपैयाँ कायम रहेको थियो ।

21
Shares
२० मंसिर २०७९, मंगलवार १२:३४