गत वैशाख २७ गते इटहरी १० मा पर्ने बुढीखोला किनारमा युवतीमाथि बलात्कार भएको थियो ।
गाउँमा भएको विवाहमा सहभागी भएर घर फर्कने क्रममा स्थानीय चारजना युवकहरुले उनलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
घटनापछि आरोपीहरु फरार रहेकाले प्रहरीले खोजी गरिरहेको थियो । पक्राउ परेकामा स्थानीय २५ वर्षीय विकास चौधरी, २८ वर्षका मुकेश चौधरी, २० वर्षका धीरज चौधरी र ३१ वर्षीय सरोज चौधरी छन् ।कसैलाई खबर गरे परिवारलाई नै मारिदिने जस्ता अनेक धम्की दिँदै ती युवकहरुले बलात्कार गरेको अनुसन्धानका क्रममा प्रहरीले पत्ता लगाएको थियो ।
परिवारलाई नै मारिदिने धम्की दिएकाले युवतीले घटनाबारे लामो समयसम्म कसैलाई भनेकी थिइनन् ।
पक्राउ परेका युवकहरुलाई ५ दिन सुनसरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान जारी राखेको छ ।