काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार २.१६ अंकले वृद्धि भएकाे छ ।  नेप्से परिसूचकमा ०.११ प्रतिशतले वृद्धि भएको  हाे ।

गत साताकाे काराेबारकाे अन्तिम दिन बिहिबार ११.२२ अंकले वृद्धि भएको नेप्से आइतबार २.१६ अंकले वृद्धि भई १९६३.२२ विन्दुमा आएर रोकिएको छ ।

यस्तै, सेन्सेटिभ इन्डेक्स्मा ०.३० प्रतिशतले वृद्धि भएको  छ । ३६ लाख ९४  हजार ८४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५६ करोड १७ लाख बढीको कारोबार भएको छ ।

यस्तै, एक सय ९९ कम्पनीहरुको कारोबार हुँदा ९७ कम्पनीमा वृद्धि भएको छ । ८९ कम्पनी ओरालो लागेका छन् भने १३ कम्पनी स्थिर रहेका छन् ।

आइतबार १३ उपसूचकमध्ये ९ कम्पनीकाे काराेबार उकालो लागेको छ । अन्य ४ उपसूचकहरु ओरालो लागेका छन् । वृद्धि हुने उपसूचकहरूमध्ये सबैभन्दा धेरै होटेल र पर्यटनमा १.६५ प्रतिशत, जीवन बिमामा करिब १.९८ प्रतिशतले वृद्धि भएको छ र अन्यमा सामान्य वृद्धि भएको छ ।
21
Shares
१८ मंसिर २०७९, आईतवार १५:५४