निर्वाचन आयोगको तथ्यांकअनुसार एक सय ६४ स्थानको मतगणना सम्पन्न भएको र दोलखाको मतगणना जारी छ ।
आयोगका अनुसार कांग्रेस ५७ स्थानसहित सबैभन्दा ठूलो दल बनेको छ । यस्तै, दोस्रो स्थानमा ४४ सिटसहित एमाले, १७ सिटसहित माओवादी केन्द्र तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेकाे एकीकृत समाजवादीले १० सिट ल्याएको छ भने राप्रपा, नेपाल राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले सात-सात सिट ल्याएका छन् ।यस्तै, अन्य दलहरू लोसपाले चार, नागरिक उन्मिुक्ती पार्टीले तीन, राष्ट्रिय जनमोर्चा, नेमकिपा र जनमत पार्टीले एक-एक सिट जितेका छन् । देशभर स्वतन्त्र रुपमा उठेका उम्मेदवारमध्ये पाँच जनाले विजयी हासिल गरेका छन् ।