काठमाडौं । तीन दशकअघि प्रदर्शनमा आएको फिल्म ‘द कमाण्डो’ का अभिनेता राजकुमार राई फेरि फिल्मको पर्दामा देखिने भएका छन् । मंसिर २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सोल अफ द कमाण्डो’ बाट उनी फेरि दर्शकमाझ आउन लागेका हुन् ।

उनले फिल्मको कथावस्तु र एक्सन दर्शकले मन पराउने उनले दाबी गरेका छन् । राष्ट्रियता जोडिएको कथावस्तु भएकाले मनपर्ने उनको भनाइ छ ।

‘२४ वर्षपछि अभिनयमा फर्कंदा गाह्रो भएन । साँच्चै भन्ने हो भने झन् मज्जा आयो । म फिल्मको कारणले एकदमै एक्साइटेट छु’ राईले भने । गोर्खाली सेनाका रूपमा ब्रिटिश आर्मीमा भर्ती हुने सैनिक किन स्वदेश फर्कन लालयित हुन्छ भन्ने कथामा फिल्म निर्माण भएको छ ।

फिल्ममा राइसहित शिशिर वाङ्देल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा, रूपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बू, पूर्ण लिम्बू, कमला खापुङ लिम्बू, सुस्मिता लिम्बू, एन्जल राई, टीकाराम ठकुरी, सोनीका राई लगायतको अभिनय छ ।

युवराज (वीरबहादुर) राईको निर्देशनमा बनेको फिल्ममा मिलन राई, रवि थापा र धन लिम्बू निर्माता तथा विजय एल राई कार्यकारी निर्माता छन् ।

अभिनेता राई तेक्वान्दो खेलाडी पनि हुन् । अवकाश प्राप्त ब्रिटिश आर्मी हुन् । उनले सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न दशौँ एशियन खेलकुदमा तेक्वान्दो खेलमा कास्य पदक र सन् १९९९ मा नेपालमा भएको आठौँ दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक प्राप्त गरेका थिए ।

42
Shares
१८ मंसिर २०७९, आईतवार १५:१०