लोकन्थलीस्थित बास्कोटाको घरमा आइतबार बिहान भेटिएको शंकास्पद वस्तु बम नभएको नेपाली सेनाको बम डिस्पोजल टोलीले जनाएको हो ।
सेनाको टोलीले शंकास्पद वस्तु डिस्पोज गर्नेक्रममा बम नभएको पुष्टि भएको हो ।बास्कोटाको घरको पेटीमा बिहान प्रेसर कुकर बमजस्तो शंकास्पद वस्तु देखिएपछि छिमेकीले प्रहरीलाई जानकारी गराएका थिए ।