काठमाडौं । ब्राजिली महान फुटबल खेलाडी पेलेले आफू ‘ठूलो आशासहित बलियो रहेको’ जानकारी दिएका छन् । उनी साओ पाओलोको अस्पतालमा उपचार गरिरहेका छन् ।

इन्स्टाग्राम मार्फत् सन्देश दिंदै उनले यस्तो जानकारी सार्वजनिक गरेका हुन् । विश्वकप २०२२ मा ब्राजिलको खेल हेरिरहेको र यसले उनलाई थप शक्ति दिएको पनि उनले उल्लेख गरेका छन् ।

यसअघि अस्पतालले पनि पेलेको स्वास्थ्य स्थिति स्थिर रहेको र अझै उपचार जारी रहेको जनाएको थियो । पेलेले इन्स्टाग्राममा भनेका छन्, ‘साथीहरू, म सबैलाई सकारात्मक रहन र धैर्य धारण गर्न अनुरोध गर्छुं ।’

पेलेको सन्देश सार्वजनिक हुनुअघि उनको स्वास्थ्य अवस्था ‘नाजुक’ भएको समाचार सार्वजनिक भएको थियो । पेलेले भनेका छन्, ‘म बलियो छु । सधैंझैं नियमित उपचार गरिरहेको छु । यसका लागि चिकित्सक टोलीलाई धन्यवाद पनि दिन चाहन्छु ।’

56
Shares
१८ मंसिर २०७९, आईतवार ११:४८