प्रदेश सांसदको संख्या लगभग टुंगो लागेकाले अब एमाले नेतृत्वको गठबन्धन दलहरु मिलेर प्रदेश सरकार बन्ने देखिएको छ । दलहरुबीच आगामी सरकारबारे अनौपचारिक छलफल समेत सुरु भएको छ ।
एमालेले २५ स्थानमा विजय प्राप्त गरेको छ भने कांग्रेसले १७ स्थानमा आफ्ना उम्मेदवार विजयी बनाएको छ । यसैगरी माओवादी केन्द्रले ९, नेकपा (एकीकृत समाजवादी) ले ३ र राप्रपाले २ क्षेत्रमा विजय हासिल गरेको छ ।९३ सदस्यीय प्रदेशसभामा एमालेसहितको गठबन्धनको पक्षमा ४७ सांसद हुने भएका छन् । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनका पक्षमा ४६ प्रदेश सांसद हुने भएका छन् ।
समानुपातिकतर्फ १८ लाख ९९ हजार १ सय ४४ मतमध्ये १ दशमलव ५ प्रतिशतको थ्रेस होल्ड कटाउने दलमा एमाले पहिलो, कांग्रेस दोस्रो, राप्रपा तेस्रो, माओवादी केन्द्र चौथो, जनता समाजवादी पार्टी (जसपा) पाँचौ र एकीकृत समाजवादी पार्टी छैठौँ स्थानमा छ ।एमालेले ६ लाख ६५ हजार ४ सय ६० समानुपातिक मत पाएको छ भने कांग्रेसले ५ लाख ६२ हजार ९ सय ५६ प्राप्त गरेको छ ।
यसैगरी राप्रपाले १ लाख ९८ हजार ५ सय ११, माओवादी केन्द्रले १ लाख ८१ हजार २ सय ४५, जसपाले ६१ हजार ७ सय २३ र एकिकृत समाजवादीले ५५ हजार ९ सय ५७ मत प्राप्त गरेको छ ।
यस्तै, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चले २६ हजार ५ सय ३१ मतमात्र पाएको छ ।
समानुपातिकतर्फका ३७ प्रदेश सांसदमध्ये प्राप्त गरेको मतका आधारमा एमालेले १५, कांग्रेसले १२, राप्रपाले ४, माओवादी केन्द्रले ४, जसपा र एकीकृत समाजवादीले १र१ प्रदेश सांसद पाउने देखिएको छ ।
समानुपातिक र प्रत्यक्ष गरी एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका र जनता समाजवादी पार्टीको एकजना सांसद हुने भएका छन् ।
अघिल्लो प्रदेशसभामा एमालेले प्रत्यक्षतर्फ ३६ र समानुपातिक १५ गरी ५१, कांग्रेसले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ १३ गरी २१, माओवादी केन्द्रले प्रत्यक्षतर्फ ११ र समानुपातिकतर्फ ५ गरी १६, जसपाले प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ २ गरी ३ सांसद पाएका थिए ।
यस्तै राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १–१ प्रदेश सांसद पाएका थिए ।