‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्च : विविधताको उत्सव’ नाराका साथ मंसिर ९ देखि १७ सम्म महोत्सव योजना भएकाे हाे ।
अर्थमन्त्री जनार्दन शर्मा, संगीत तथा नाट्य संस्थानका उपकुलपति हरिहर शर्मालगायत रंगकर्मीहरु महाेत्सव समापन समारोहमा उपस्थित थिए । समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले संस्कृतिको संगम निर्माणमा महाेत्सवले भूमिका खेलेकाे बताए ।‘कलाले एउटा ज्ञान बाेकेको हुन्छ, समग्र समाजलाई आह्वान गरिरहेको हुन्छ । त्यसकाे आफ्नै महत्त्व छ,’ उनले भने,’अन्तर्राष्ट्रिय नाटक महाेत्सव गरेर अन्तर्राष्ट्रिय स्तरकाे सँस्कृति, कला र अभिनयमार्फत त्यसलाई सहकार्य गर्ने, सँस्कृतिकाे संगम निर्माण गर्ने याे प्रयास प्रशंनीय छ ।’
महाेत्सवकी निर्देशक सृजना सुब्बाले महाेत्सवले जीवनतर्फ फर्काउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्। ‘रंगमञ्च आफैंमा महत्त्वपूर्ण कलाकाे संगमस्थल हाे। रंगमञ्चलाई जीवनतर्फ फर्काउनका लागि र जीवनलाई रंगमञ्चमा फर्काउनका लागि यस्ता महाेत्सवकाे महत्त्वपूर्ण भूमिका रहन्छ,’उनले भनिन्,’समृद्ध समाज र सुन्दर जीवनका लागि रंगमञ्च, कला र साहित्यकाे आवश्यकतालाई जिम्मेवार निकाय र आम रुपमा पुर्याउन नेपाली रंगमञ्च प्रतिबद्ध छ।हामी याे प्रतिबद्धता राज्यस्तरबाट पनि उत्तिकै चाहन्छौं ।’९ दिनसम्म आयाेजना भएकाे महाेत्सवमा भारतीय अभिनेत्री तथा रंगकर्मी शबना आजमीले मास्टरक्लास दिएकी थिइन् ।महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु मञ्चन भए ।