अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उनको स्वास्थ्य अवस्था जटिल रहेको उल्लेख गरेका छन् ।
आन्द्राको क्यान्सरबाट पीडित पेले स्वास्थ्य समस्याकै कारण कतारमा जारी विश्वकप फुटबलका खेलहरु हेर्न जान सकेका थिएनन् । २०२१ मा उनको आन्द्राबाट ट्युमर हटाइएपछि नियमित उपचारमा छन् ।पेलेले बिहीबार इन्स्टाग्राममार्फत् आफ्नो स्वास्थ्य लाभका लागि आएका शुभेच्छाका लागि प्रशंसकलाई धन्यवाद दिएका थिए ।
इतिहासकै उत्कृष्ट फुटबलर मानिएका पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा गरी तीन पटकसम्म विश्वकप जिताएका थिए ।पेलेको स्वास्थ्य अवस्था बिग्रँदै गर्दा विश्वभरबाट उनको स्वास्थ्यलाभको कामना गर्दै खेलाडी र प्रशंसकहरूले शुभेच्छा प्रकट गरिरहेका छन् ।