प्रतिनिधिसभातर्फ कांग्रेसका धनराज गुरुङ निर्वाचित भएका छन् । प्रदेशसभा सदस्यमा स्याङ्जा २ (क) बाट कांग्रेसकै भोजराज अर्याल विजयी भएका छन् भने २ (ख) मा पनि कांग्रेसकै महेश भट्टराई विजयी भएका छन् ।
प्रतिनिधिसभा तर्फ कांग्रेसका गुरुङले एमालेकी पद्मा अर्याललाई पराजित गरेका हुन् । गुरुङ ३१ हजार ४६६ मत ल्याएर विजयी भए ।निकटतम् प्रतिस्पर्धी एमालेकी पद्मा आर्यालले २५ हजार ८३९ मत ल्याइन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ८ हजार ११३ मत ल्याए ।
गण्डकी प्रदेशसभा २ (क) तर्फ कांग्रेसका अर्यालले २७३० मतान्तरले एमालेका मोहन रेग्मीलाई पारजित गरे । अर्यालले १५ हजार १६१ मत ल्याएर विजयी भएका हुन् ।एमालेका रेग्मीले १२ हजार ४३१ मत ल्याए । २ (ख) तर्फ कांग्रेसका भट्टराईले १८ हजार ८०८ मत ल्याएर विजयी भएका हुन् । उनले एमालेका बुद्धिमान श्रेष्ठलाई पराजित गरे ।
एमालेका श्रेष्ठले १६ हजार ९९९ मत ल्याएका हुन् । योसँगै कांग्रेसले गण्डकी प्रदेशबाट प्रतिनिधिसभातर्फ १० सिट जितेको छ भने प्रदेशसभा तर्फ १८ सिट जितेको छ ।