विराटनगर । विराटनगर महानगरपालिका ५ को जामुनगाछीमा शनिबार आयोजित कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन् । श्री सत्य साई सेवा संगठन नेपाल, प्रदेश १ को आयोजनामा भएको कार्यक्रममा रेडक्रस सोसाइटीले प्राविधिक सहयोग गरेको हो ।

कार्यक्रममा सुजित यादव, सरस्वती पोखरेल, नारायण मगर, बीरबल निरौला, राजा साह, नयना पौडेल, अनुप गच्छदार, प्रवेश कोइराला, मुकेश ढुंगानाले रक्तदान गरेका थिए ।

यसैगरी, राकेस राय, खगेन्द्र कार्की, सजन दाहाल, प्रकाश अधिकारी, सुरज खत्री, शेखर दाहाल, बिजेस साह, सुरज पौडेल, पुष्पा साह, रन्जिका शेर्पा, सोरा राईले पनि रक्तदान गरेका थिए ।

संगठनकी आध्यात्मिक विभाग संयोजक सन्जना यादवका अनुसार संस्थाले नियमित रुपमा रक्तदान, राहत वितरण जस्ता सामाजिक गतिविधि गर्दै आएको छ ।

91
Shares
१८ मंसिर २०७९, आईतवार ०५:३१