राजु थापाको शब्द, हरि लम्सालको संगीत र अजय स्याङ्तानको कोरियोग्राफी रहेको गीत युट्युब च्यानल पर्फर्मिङ आर्ट क्रिएसनमार्फत दर्शकमाझ ल्याइएको हो । कमल एक्चै मगरको निर्देशन रहेको चलचित्रको प्रमुख भूमिकामा नयाँ कलाकार निशान चौहान र पुनम थापाका साथै स्थापित कलाकारहरु रहेका छन् ।
चलचित्रमा भोला सापकोटा, नम्रता सापकोटा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमीशा सारुमगरलगायतको अभिनय छ ।चलिचत्रमा पारिवारिक प्रेम, विश्वास, घात तथा बदलाको कथा उठान गरिएको निर्देशक एक्चै मगरले बताए । केही दिन अघि सार्वजनिक भएको डेसानको ट्रेलरले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
मंसिर २३ देखि यो चलचित्र देशव्यापी प्रदर्शनमा आउँदै छ । पर्फर्मिङ आर्ट क्रिएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको चलचित्रको कथा राजु काउँचामगरले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो ।चक्रबहादुर महर्जनले खिचेको चलचित्रलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् । चलचित्रको वितरण एफडी, जीजीए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ ।