काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाअन्तर्गत मंसिर ४ गते आइतबार भएको मतदानको गणनाअनुसार कांग्रेस पहिलो पार्टी बनेको छ । पछिल्लो परिणामअनुसार कांग्रेसले प्रदेशसभातर्फ १०८ स्थानमा विजय हासिल गरेको छ । ४ स्थानको मतगणनामा अघि छ ।

प्रदेशसभातर्फ नेकपा (एमाले) ले ९० स्थानमा जित हासिल गरेको छ भने एक स्थानको मतगणनामा अगाडि छ । माओवादी केन्द्रले ५३ स्थानमा जित हासिल गरेको छ ।

एकीकृत समाजवादीले १४ स्थानमा जित निकालेको छ भने एक स्थानमा अग्रता कायम गरिरहेको छ । १२ जना स्वतन्त्र उम्मेदवार विजयी हुँदा राप्रपाका ११ उम्मेदवार प्रदेशसभामा विजयी भएका छन् ।
जसपा १० र लोसपा ९ स्थानमा विजयी हुँदा जनमत पार्टीले ७ स्थानमा जित हासिल गरेको छ । नागरिक उन्मुक्ति पार्टीले भने प्रदेशसभाका लागि ७ स्थानमा जित निकालेको छ । हाम्रो नेपाली पार्टी र नेमकिपाले १/१ स्थानमा जित हासिल गरेको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्रदेशसभामा उम्मेदवारी दिएको थिएन ।
378
Shares
१७ मंसिर २०७९, शनिबार १५:१५