विराटनगर । धनुषामा शनिबार भएको जीप दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको वीरेन्द्रबजारमा भएको दुर्घटनामा बालबालिकासहित पाँच जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मुखियापट्टी मुसहरिनियाँ तुल्सियाहीकी ३५ वर्षीया रुवि साह, महोत्तरी पीपरा गाउँपालिका–२ का ११ वर्षीय यसकुमार साह, रामगोपालपुर नगरपालिका ससौलाका दुई दिदी–बहिनी १३ वर्षीया सृजन साह र १८ वर्षीया मञ्जु साह तथा जीप चालक धनुषाका धनौजी गाउँपालिका–४ का २५ वर्षीय अब्दुल मन्सुरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् ।

शनिबार बिहान महोत्तरीको पीपरा गाउँपालिका गम्हरियाका जन्ती बोकेर इँटहरीबाट फर्किँदै गरेको बा १ ज ८२९६ नम्बरको जीपलाई माछा बोकेको ज १ च १४९६ नम्बरको जीपले ठक्कर दिएपछि दुर्घटनामा परेको थियो ।

धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेका अनुसार ठक्कर दिने जीप र जीपका चालकलाई नियन्त्रणमा लिइएको छ ।

28
Shares
१७ मंसिर २०७९, शनिबार १३:०३