समयमा कार्यक्रम स्थलमा नपुग्दा उनको खोजी गरिएको थियो । उनी बसेको होटलको कोठा जाँदा भित्रबाट चुकुल लागेको र चुकुल तोडेपछि बेडमै लडेको अवस्थामा भेटिएका हुन् ।
भट्टराईको मुखबाट रगत निस्किएको पाइएको छ । निधन हृदयघातका कारण हुन् नसक्ने अनुमान गरिएको छ ।७० वर्षीय भट्टराई उच्च रक्तचापका रोगी थिए । लामो समयदेखि सप्तरीबाट पत्रकारिता गर्दै आएका उनलाई मधेस प्रदेश सरकारले मधेस प्रदेशको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त गरेको थिए ।