काठमाडौं । विश्वकप फुटबल अन्तर्गत प्रि-क्वाटरफाइनलका खेलहरू आजबाट सुरु हुने भएका छन् । नकआउट चरण भनिने यसअन्तर्गतन आज शनिबार हुने पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ ।

कलिफा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेदरल्यान्ड्स र अमेरिकाबीचको खेल नेपाली समयअनुसार ८ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै नेदरल्यान्ड्स विश्वकपको क्वाटरफाइनलमा प्रवेश गर्ने योजनामा छ ।

नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै अन्तिम १६ पुगेको थियो भने अमेरिका समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो । अमेरिका पनि आजको खेलमा जित निकाल्दै क्वाटरफाइनलमा आफूलाई स्थापित गर्ने योजनामा छ ।

आजको अर्को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । यी दुई देशबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ ।

उपाधि दाबेदार मानिएको अर्जेन्टिना क्वाटरफाइनलमा पुग्ने योजनामा छ । अष्ट्रेलिया विश्वकपमा पहिलो पटक क्वाटरफाइनलमा पुग्ने योजनामा छ ।
77
Shares
१७ मंसिर २०७९, शनिबार ०८:२६