विराटनगर । फिल्म ‘गोर्खा वारियर’ सन् २०२३ मा विश्वव्यापी रिलिज हुने भएको छ । उक्त फिल्मको ‘फष्ट लुक्स’ का रुपमा तीनवटा पोष्टर सार्वजनिक गरिएको छ ।

मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको फिल्म नेपाली, हिन्दी र अंग्रेजी गरेर तीन भाषामा निर्माण भएको छ ।

फिल्मको फष्ट लुक्समा १९४९ को ‘मलाया इमरजेन्सी जंगल वार’ मा गोर्खाली सैनिकको साहसिक युद्धकथा झल्काउन खोजिएको छ ।

पोष्टरमा फिल्मका अभिनेता रितेश चाम्स खुकुरी हातमा लिएर क्रोधित भावमा प्रस्तुत भएका छन् । रितेश सहित अभिनेता विजय लामा र अन्य कलाकार पनि ब्रिटिस गोर्खा सैनिककै भेषमा प्रस्तुत छन् ।

एक्सन जनरमा निर्माण भएको फिल्ममा रितेशसँगै बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राई लगायतका कलाकारको अभिनय छ ।

लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो फिल्मका निर्मातामा सुस्मिता वाइवा, सुमन राई हुन् ।

नेपाल र मलेशियामा छायाँकन भएको फिल्ममा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व छ ।

28
Shares
१६ मंसिर २०७९, शुक्रबार १४:२२