नामिबियास्थित युनाइटेड क्रिकेट क्लब मैदानमा दिउँसाे सवा दुई बजे हुने खेलमा घरेलु टाेली नामिबिया र नेपाल आमनेसामने हुन लागेका हुन् ।
सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्ड रहेका छन् । नेपाल र नामिबियाबीच अहिलेसम्म दुई एकदिवसीय अन्तराष्ट्रिय खेल भएका छन् । जसमा दुवै खेल नामिबियाले जितेको छ । ६ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २० खेलमा १७ अंक सहित छैठौं स्थानमा रहेको छ भने नामिबिया २७ खेलमा २७ अंकका साथ चौथो स्थानमा छ । २९ खेल खेलिसकेकाे स्कटल्यान्ड ४२ अंकसहित तालिकाकाे दाेस्राे स्थानमा छ ।बिहिबारबाट सुरु भएकाे सिरिजअन्तर्गत नामिबिया पहिलो खेलमा स्कटल्याण्डसँग ४ विकेटले पराजित भएको थियो । लिग अंकतालिकाकाे शीर्ष स्थानमा ओमान छ । आफ्ना सबै ३६ खेल खेलिसकेको ओमानको ४४ अंक छ ।