सरिता कर्मकार

विराटनगर । जाडो महिना लागेसंगै तराईको लोकप्रिय खान्की ‘भक्का’ पाइन थालेको छ । सहर र गाउँका चोकमा बिहान र बेलुकीपख भक्काको स्वाद चाख्नेको भीड लाग्ने गरेको छ ।

बिहानीको चिसो मौसममा तातो–तातो भक्कालाई मानिसले नास्ताको रुपमा लिइरहेको देखिन्छ ।

विशेषतः जाडो मौसममा यसको प्रयोग र माग अत्यधिक हुने गरेको छ ।

भक्का चामलको पिठोबाट बनाइन्छ । भाडामा पानि तताएर त्यसको मुखमा तल प्वाल भएको थाल वा चकनीले बाफ माथि आउने तरिकाले छोपिन्छ । चकनीको प्वालमाथि पिठोलाई सानो बटुकाको सहयोगले हालेर सुतीको कपडाले बेरेर केहीबेर पकाइन्छ र भक्का तयार गरिन्छ ।

भक्का बनाइँदै

तयार भएको भक्कालाई निस्तै, चिया, चटनी, आलुचप, नुन–खोर्सानी, तरकारीसँग खाने गरिन्छ ।

स्वादिष्ट परिकारको रुपमा लिइने भक्का राजवंशी समुदायको संस्कृतिसँग जोडिएको मानिन्छ । नेपालको पूर्व क्षेत्रमा बसोबास गर्ने राजवंशी समुदायको सांस्कृतिक परिकारको रुपमा परिचित भक्काले नेपालभर आफ्नो स्वादका पारखी थपिरहेको छ ।

तयार भएका भक्का

पूर्वका सहरबाहेक आजभोलि नेपालका विभिन्न ठूला सहरमा भक्काको स्वाद लिने मानिसहरुको संख्या बढिरहेको छ ।

(प्रशिक्षार्थी)

392
Shares
१६ मंसिर २०७९, शुक्रबार ०९:१४