पाँचवटा ट्रक, दुइटा बस र अरु साना गाडीमा आइपुगेको टोलीलाई आयोजक मानवसेवा आश्रमका पदाधिकारीहरुले स्वागत गरेका थिए ।
नेपाली युवापुस्तामाझ लोकप्रिय लोक रक ब्याण्ड नेपथ्यले शुक्रबार बेलुकी ४ बजे हाटखोला मैदानमा सांगीतिक प्रस्तुति दिँदैछ ।संगीतका साथसाथै मानवताको उद्देश्यसहित मानवसेवा आश्रमको आयोजनामा नेपथ्यले मुलुकभरको यात्रा गर्न लागेको हो ।
यस क्रममा नेपालको पूर्वीदेखि पश्चिमसम्म गरेर १० स्थानमा कन्सर्ट आयोजना गरिनेछ ।विराटनगरबाट सुरु हुन गइरहेको यो यात्रा एक महिनासम्म चल्ने नेपथ्ले जनाएको छ ।

हाटखोला मैदानमा मञ्च बनाउने काम सम्पन्न भइसकेको छ भने बिहीबार आवाज तथा प्रकाश जस्ता प्राविधिक पक्षको परीक्षण गरिएको छ ।
मञ्च तथा प्रविधिका हिसाबले यो प्रस्तुती अहिले विश्वभर प्रचलित आधुनिक रक कन्सर्टको अवधारणालाई पालना गरेको कार्यक्रम हुने आयोजकको दाबी छ । नेपथ्यले २० वर्षअघि विराटनगरमा सांगीतिक प्रस्तुति दिएको थियो ।
‘संगीतबाट मनोरञ्जन मात्र नभइ लोक कल्याणका हिसाबले पनि नेपथ्यको कार्यक्रम बिराटनगरवासीका लागि महत्वपूर्ण छ,’ मानवसेवा आश्रमका नवराज केसीले भने, ‘‘कार्यक्रमलाई भव्य रुपमा प्रस्तुत गर्न आयोजकका हिसाबले सम्पूर्ण तयारी पूरा गरिसकेका छौं ।’

केसीका अनुसार कन्सर्टका टिकटहरु धमाधम बिक्री भइरहेका छन् । समयमै टिकट लिएर सिट सुरक्षित गर्न चाहने दर्शकहरुले अनलाइन मार्फत पनि टिकट काट्न सक्ने उनले बताए ।
समयमै टिकट लिएर सिट सुरक्षित गर्न चाहने दर्शकहरुले अनलाइन मार्फत पनि टिकट काट्न सक्ने उनले बताए । त्यसको निम्ति मानवसेवा आश्रमको आधिकारिक वेबसाइट एमएसए डट ओआरजी msa.org.np मार्फत सोझै काट्न सकिन्छ । नेपथ्य ब्याण्डको वेबसाइट nepathya.com.np बाट पनि कन्सर्टहरुको टिकट उपलब्ध गराइएको छ ।
कन्सर्टको टेलिफोनमार्फत् सिट सुरक्षित गर्न चाहने दर्शकहरुका निम्ति ९८५५०७६०१५ र ९८४३३४७६३१ नम्बर उपलब्ध रहेको जनाइएको छ ।