काठमाडौं । कोरियाको कृषि तथा पशुपालन क्षेत्रमा रोजगारीका लागि जानुअघि भाषा परीक्षाको आवेदन दिन पुस ४ गतेदेखि ८ गतेसम्मका लागि अवधि तोकिएको छ ।

कोरिया जान इच्छुकहरुले उक्त अनलाइनमार्फत आवेदन दिनुपर्ने जनाइएको छ ।

आवेदन कहाँ र कसरी दिने भन्नेबारे यो साइटमा क्लिक गरी जानकारी लिन सकिने छ ।

कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षाको पहिलो चरणको परीक्षा भने माघ १६ गतेदेखि माघ २७ गतेसम्म हुने भएको छ ।

दोस्रो चरणको परीक्षा फागुन ८ गतेदेखि फागुन २६ गतेसम्म हुनेछ । परीक्षाहरू काठमाडौंमा सञ्चालन हुने जनाइएको छ ।
परीक्षा शुल्क २८ अमेरिकी डलर लाग्ने जनाइएको छ ।

भाषा परीक्षामा उत्तीर्ण भएकाहरूको पहिलो चरणको सीप परीक्षण फागुन ३ गतेदेखि ५ गतेसम्म हुने छ । दोस्रो चरणको सीप परीक्षण चैत १ गतेदेखि ३ गतेसम्म हुनेछ ।

भाषा परीक्षामा प्राप्त गरेको अङ्कको आधारमा अधिकतम अङ्क प्राप्त गर्नेमध्ये रोष्टरमा सूचीकृत गर्न पहिलो चरण र दोस्रो चरणमा गरी पास भएका करिब ६ हजार जनाको अन्तिम नजिता प्रकाशित हुने पनि जनाइएको छ ।

भाषा र सीप परीक्षण दुवैमा पास भएकाहरुले मात्र कोरियाको रोजगार आवेदन फारम भर्न पाउने छन् ।

आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनु पर्ने छ ।

77
Shares
१५ मंसिर २०७९, बिहीबार १८:४३