बिहीबार नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्रम बाँडेगाउँमा भट्टराईको शालिकमा श्रद्धाञ्जली अर्पण गर्न पुगेका उपसभापति खड्काले यस्तो बताएका हुन् ।
पार्टी सभापति देउवाको नेतृत्वमा कांग्रेस र सिंगो गठबन्धन नै निर्वाचनमा होमिएको भन्दै उनले देउवाले दलको नेतामा चाहना राखेपछि दायाँबायाँ कुरा गरिराख्नु नपर्ने तर्क गरेका छन् ।‘कांग्रेसको संसदीय दलको नेताको निर्वाचन सर्वसम्मत गरिनु पर्छ । यसका लागि हामी सबैले वातावरण सिर्जना गर्नुपर्छ’ उपसभापति खड्काले भने, ‘पार्टी र गठबन्धनको नेतृत्व देउवाले गर्नुभएकाले नेतामा वहाँले चाहना राखेपछि दायाँबायाँ कुरा गर्नुपर्छ जस्तो मलाई लाग्दैन ।’
पार्टीको संसदीय दलको नेताका लागि अन्य नेताको आकांक्षालाई अन्यथा मान्न नहुने बताउँदै उनले सर्वसहमतिको वातावरण सिर्जना गर्न सबैको भूमिका महत्वपूर्ण हुने सुझाएका छन् ।उपसभापति खड्काले यो बेलामा काँग्रेस भित्र एकताको वातावरण बनाउनु आवश्यक रहेको समेत बताएका छन् । पार्टीलाई एकताबद्ध बनाउँदै सत्तागठबन्धन सहितका दलहरुलाई मिलाएर लानुपर्ने कांग्रेसको मुख्य दायित्व भएको उनले उल्लेख गरे ।