समूह ‘सी’ बाट अर्जेन्टिना समूह विजेता र पोल्याण्ड उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् ।
समूह ‘डी’ बाट फ्रान्स र अस्ट्रेलिया क्रमशः समूह विजेता र उपविजेता बन्दै अर्को चरणमा स्थान बनाएका छन् ।अब नकआउट चरणमा अर्जेन्टिनाले अस्ट्रेलियासँग ४ डिसेम्बरमा प्रतिस्पर्धा गर्नेछ । फ्रान्सको प्रतिस्पर्धा पोल्याण्डसँग हुनेछ ।
यसअघि समूह ‘ए’ बाट नेदरल्याण्ड्स समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरिसकेको छ । सोही समूहबाट सेनेगल उपविजेता बन्न सफल भएको थियो ।समूह ‘बी’ बाट इंग्ल्याण्ड र अमेरिका समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश पाएका छन् ।
अन्तिम १६ मा दुई समूहका विजेता र उपविजेताबीच भिडन्त हुनेछ । अन्तिम १६ को पहिलो खेलमा समूह एको विजेता नेदरल्याण्ड्सले समूह ‘बी’ को उपविजेता अमेरिकाको सामना गर्नेछ ।
दुई टोलीबीच ३ डिसेम्बरमा खलिफा अन्तर्राष्ट्रिय स्टेडियमा खेल हुनेछ । त्यस्तै, समूह ‘बी’ को विजेता इंग्ल्याण्डले समूह ‘ए’ को उपविजेता सेनेगलसँग खेल्नेछ । दुई टोलीबीच अद बयात स्टेडियममा डिसेम्बर ५ म खेल हुनेछ ।