हाँसीहाँसी जिउने मेरो बानी मिठो थियो
उफ्री उफ्री, नाची नाची चरी झैँ रमाउने
आमाको काख आहा ! त्यो सिरानी मिठो थियो
नत शोक नत रोग जिन्दगानी मिठो थियो
मेला गए पनि हातमा ठेला भए पनि
लाग्दैनथ्यो फिक्री केही जवानी मिठो थियो
जिन्दगीका आत्मकथा कहानी मिठो थियो
-संखुवासभा