नयाँ प्रधानाध्यापक गुरागाईं र निवर्तमान प्रधानाध्यापक खरेल (दायाँ)

विराटनगर । प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकास्थित सत्यनारायण माध्यमिक विद्यालयको प्रधानाध्यापकमा पुरुषोत्तम गुरागाईं नियुक्त भएका छन् ।

प्रधानाध्यपक धर्मानन्द खरेल सेवानिवृत्त भएपछि गुरागाईं प्रधानाध्यापक नियुक्त भएका हुन् । उनी नेपाल राष्ट्रिय शिक्षक संगठन विराटनगर महानगर कमिटीका उपाध्यक्ष हुन् ।

खरेल नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश १ का इन्चार्ज हुन् ।

२००९ सालमा स्थापित उक्त विद्यालयमा हाल कक्षा ६ देखि १२ सम्म पढाइ हुने गरेको छ ।

नेपाली माध्यमका साथै २०७२ सालदेखि अंग्रेजी माध्यममा पढाइ हुने गरेको विद्यालयमा कक्षा ९ देखि १२ सम्म इलेक्ट्रिकल इन्जिनियरिङ पनि पढाइ हुने गरेको छ ।

‘प्लस टु’ मा २ मा मानविकी, व्यवस्थापन र शिक्षा विषयमा अध्यापन हुने गरेको छ ।

विद्यालयमा कूल १ हजार ९८० जना विद्यार्थी छन् । तीमध्ये ४०० विद्यार्थी नेपाली माध्यममा अध्ययन गर्छन् भने ९०० जना अंग्रेजी माध्यमबाट अध्ययन गरिरहेका छन् ।

कक्षा ११ र १२ मा गरी ६०० जना विद्यार्थी अध्ययनरत् छन् ।

28
Shares
१४ मंसिर २०७९, बुधबार १९:५०