उनी स्थानीय आमा समूहका पदाधिकारीको कुटाइबाट सिकिस्त घाइते भएकी थिइन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै गर्दा उनको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ।
गाउँलेहरुका अनुसार ‘परपुरुषसँग सम्बन्ध राखेको’ भनेर उनलाई आमा समूहका पदाधिकारीले आरोप लगाउँदै आएका थिए ।त्यसरी आरोप लगाउनेमा जनजागृति आमा समूहका पदाधिकारी रहेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट पत्ता लगाएको छ ।
हत्या आरोपमा ६ जनाविरुद्ध किटानी जाहेरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो। आरोपीहरु फरार भएकाले प्रहरीले खोजी गरिरहेको छ ।दुई नाबालक छोरीसहित डेरा गरेर बस्दै आएकी धनकुटा घर भएकी उषा सिलाइकटाइको काम गरेर जीविकोपार्जन गर्दै आएकी थिइन् ।
पतिको मृत्युपछि उनले नाबालक छोरीहरुको लालनपालन गरिरहेकी थिइन् । उनी पनि बितेपछि अब ती नाबालिकाहरुको बिचल्ली हुने भएको छ ।