तीन वर्षका लागि गरिएको औद्योगिक जनशक्ति उत्पादन केन्द्र सञ्चालनसम्बन्धी सम्झौतामा संगठनका अध्यक्ष सुयश प्याकुरेल र इन्स्योर परियोजनाका टिम लिडर रविन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।
औद्योगिक क्षेत्रमा आवश्यक दक्ष जनशक्ति र बजारमा उपलब्ध जनशक्तिका बीचको भिन्नताका कारण उद्योग व्यवसायले भोग्दै आएको समस्यालाई सम्बोधन गर्न केन्द्र सञ्चालन गरिने भएको हो ।केन्द्रले उद्योगहरुलाई आवश्यक दक्ष जनशक्तिको तथ्यांक संकलन, उद्योगको आवश्यकताअनुरुप तालिम सञ्चालनका लागि प्रदायक संस्थाहरु बीच सम्पर्क माध्यमको भूमिका निर्वाह गर्ने जनाइएको छ ।
यसैगरी समयानुकुल पाठ्यक्रम परिमार्जनका सम्वन्धमा नीतिगत सुझावहरु केन्द्रले सम्बन्धित निकायमा दिनेछ । निजी क्षेत्र, तालिम प्रदायक संस्थाहरु एव नेपाल सरकारका सरोकारवाला निकायहरु बीच निरन्तर सहजीकरण गरी जनशक्ति उत्पादनका सन्दर्भमा समन्वयकारी भूमिका निर्वाह गर्ने सम्झौतामा उल्लेख छ ।यसअघि केन्द्रले विभिन्न उद्योग व्यवसायसँग समन्वय गरी ‘अप्रेन्टिसीप’ मोडेलमा ३३ जना प्रशिक्षार्थीहरुलाई रोजगारीको व्यवस्था गरेको जनाइएको छ ।