‘विकल्पः एन अल्टर्नेटिभ्स’ नामक संस्था र रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमकी संयोजक रानु साहले रक्तदाताहरूसँग समन्वय गर्दै कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् ।रेडक्रसका पदाधिकारीसँग समन्वय गरी कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दे उनले कलेजका विद्यार्थीहरुको पनि सहयोग रहेको बताइन् ।
बुधबार ७० जनाबाट रक्तदान हुने अपेक्षा आयोजकको छ । यसपछि विराटनगर महानगरपालिका वडा नम्बर १७ मा यस्तै कार्यक्रम आयोजना गर्ने तयारी आयोजकको छ ।रेडक्रसका सदस्य जितेन्द्र देवका अनुसार रक्तदान गर्नेमा अधिकांश कलेजका विद्ययार्थी छन् ।
सहभागीमध्ये कलेजका विद्यार्थी सोनु दाहालले दोस्रो पटक रक्तदान गरेको उल्लेख गर्दै बिरामीको सहयोगका लागि आफूले सकेसम्म रक्तदान गरिरहने बताइन् ।