पछिल्लो मतपरिणाम अनुसार सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की ३९९ मतले अगाडि छन् । संचारमन्त्रीसमेत रहेका कार्कीले हालसम्म २६ हजार ७६० मत पाएका छन् ।
एमालेका जगदीश कुसियैतले २६ हजार ३६१ मतका साथ कार्कीलाई पछ्याइरहेका छन् । मतगणनाको सुरुवातदेखि नै दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । अब लगभग १० हजार मत गन्न बाँकी रहेको बताइएको छ ।अघिअघि ज्ञानेन्द्र, पछ्याउँदै जगदीश
विराटनगर । सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना जारी छ ।