पेन्टागनद्वारा सार्वजनिक एक रिपाेर्टका अनुसार चीनको परिचालित आणविक हतियारकाे संख्या ४०० नाघेको छ । रिपोर्टमा भनिएको छ, ‘यदि चीनले आफ्नो आणविक विस्तारको गतिलाई निरन्तरता दियो भने सन् २०३५ सम्म चीनसँग १५०० बढी हतियार हुन सक्छ ।’
वाशिंगटनले बेइजिङलाई अमेरिकाको लागि सबैभन्दा ठूलाे चुनौतीको रूपमा पहिचान गरेको छ । चिनियाँ सेनाको वार्षिक प्रतिवेदनले आफ्ना आणविक र परम्परागत शक्ति दुवैमा सुधारका लागि जोड दिइसकेकाले अमेरिकाले पनि आफ्नो आणविक हतियार विस्तारमा बल गरिरहेकाे छ ।चीनकाे आणविक हतियार अमेरिकाकाे लागि टाउकाे दुखाइकाे विषय बन्दै
बेइजिङ । चीनको आणविक हतियार सन् २०३५ सम्म हालकाे भन्दा तीन गुणा बढी हुने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अनुमान गरेकाे छ ।