मतगणना सुरु गर्नुअघि भएको छलफलका सहभागी ।
विराटनगर । उदयपुरमा प्रतिनिसभा सदस्य मत गणना गर्ने क्रममा मतपेटिकामा प्रदेशसभा सदस्यको मतपत्र भेटिएपछि विवाद भएर रोकिएको मतगणना सुरु गरिएको छ ।प्रदेशसभा सदस्यको मतपत्र गणना नगर्ने निर्णयपछि मतगणना सुरु गर्ने सहमति भएको हो । मतगणनाको नेकपा (एमाले) सहित २० जना उमेदवारले बहिष्कार गरेका छन् ।
मंगलबार बिहान मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले भेटिएको सय थान मतपत्र बदर गर्ने निर्णय गरेका थिए । उक्त निर्णयको विरोध गर्दै एमालेलगायत दलहरुले गणना वहिस्कार गरेका हुन् ।मतगणना सुरु गर्न पटक–पटक बसेको सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएपछि मुख्य निर्वाचन अधिकृतले मंगलबार यस्तो निर्णय गरेका हुन् ।
एमालेले प्रतिनिधिसभा सदस्यको मतपेटिकामा भेटिएको प्रदेशसभाको मतपत्र गणना गर्नु पर्ने अडान राखेको थियो भने काँग्रेसले गणना गर्न नहुने अडान राखेको थियो ।आइतबार मतगणनाका क्रममा पछिल्लो पटक खोलिएको १० वटा मतपेटिकामा उदयपुर १ (ख) प्रदेश सभाको १ सय मतपत्र भेटिएपछि गणना रोकिएको थियो ।
६३ हजार ८० मत गणना भइसकेपछि थप गणनाका लागि १० वटा मतपेटिका खोल्दा प्रदेशतर्फको ११० वटा मतपत्र भेटिएको थियो ।
७६ हजार ७५६ मत खसेको उक्त क्षेत्रको ६३ हजार ८० मत गणना भइसकेको छ । गणना भइसकेकोमा कांग्रेस उम्मेदवार नारायण खड्काले १ हजार ८२५ मतले अग्रता लिएका छ्न् ।
खड्काले २७ हजार ४८४ मत प्राप्त गरेका छ्न भने एमालेकी मन्जुकुमारी चौधरीले २५ हजार ६५९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।