विराटनगर । प्रदेश १ का युवा उद्यमीहरु सम्मिलित अनमोल प्रधानको अध्यक्षतामा ‘कन्फेडेसन अफ नेप्लिज इन्डष्ट्रिज युथ इन्टरप्रेनर्स फोरम’ (सिएनइयुइएफ) गठन गरिएको छ ।
प्रधानको अध्यक्षतामा ४४ सदस्यीय विस्तार गठन गरिएको हो । फोरमकी केन्द्रीय अध्यक्ष रिचा अग्रवालले प्रदेश १ को अध्यक्षमा प्रधानलाई नियुक्त गरेकी हुन् ।
अग्रवालले सबै नवनियुक्त सदस्यलाई सुनौलो भविष्यका लागि शुभकामना दिएकी थिइन् । अग्रवालका अनुसार यस्तै फोरम अब मधेश प्रदेश र लुम्बिनी प्रदेशमा विस्तार गरिने छ ।
नेपाल उद्योग परिसंघअन्तर्गत रहेर फोरमले विभिन्न गतिविधि सञ्चालन गर्नेछ । अध्यक्ष प्रधानका अनुसार फोरममा ७ सदस्यीय बोर्ड रहने छ ।
फोरमका पदाधिकारीहरुले प्रदेश १ को बिर्तामोड, इटहरीलगायत विभिन्न ठाउँमा युवाहरुसँग अन्तरक्रिया गरेका छन् ।
नेपाल उद्योग परिसंघका प्रदेश १ का अध्यक्ष भीम घिमिरेले फोरमले संघको साथ र सहयोग पाउने बचन दिएका थिए ।