जय मिडिया म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगिताको फाइनल चरणमा मिस लिटलतर्फ ३० जना र मिस्टर लिटलतर्फ १४ जनाले प्रतिस्पर्धी थिए । प्रतियोगिताको अर्गनाइजर च्वाइसको उपाधिमा विराटनगरकी अनिशा राजवंशी र विराटनगरकै केशव झाले प्राप्त गरे ।
मिस लिटलफर्तको फस्ट रनरअप सुनसरी इनरुवाकी साक्षी यादव र मिस्टर लिटलतर्फ विराटनगरका रोहितकुमार साह भए । सेकेण्ड रनरअप मिसमा विराटनगरकी प्रतिक्षा श्रेष्ठ र मिस्टरमा आरुष दाहाल भए ।थर्ड रनरअप मिसतर्फ विराटनगरकी स्वेच्छ श्रेष्ठ र मिस्टरतर्फ विराटनगरका परिस्कृत आचार्य भए । र्फोथ रनरअप मिसतर्फ इनरुवाकी अन्तरा सुब्बा र मिस्टरतर्फ विराटनगरका अभियान श्रेष्ठ भए ।
मिस पब्लिक च्वाइस, मिस पपुलर र मिस स्मायलको उपाधि विराटनगरकी स्वेच्छ श्रेष्ठले जितिन् भने मिस पर्सानालिटीको उपाधिमा इनरुवाकी अन्तरा सुब्बा भइन् । मिस हार्डवर्किङको उपाधि इनरुवाकी साक्षी यादवले जितिन् ।मिस मल्टिमिडियाको उपाधि विराटनगरकी माही भगत, मिस ट्यालेन्टको उपाधि भोजपुरकी कटरिना सुवेदी, मिस फोटोजेनिकको विराटनगरकी स्वर्णिमा भट्टराई भइन् ।
यसैगरी, मिस डिसिप्लिन आरवी खड्का, मिस इन्टेलेक्ट प्रतिक्षा श्रेष्ठ, मिस क्याटवाक भोजपुरकी सुवासना श्रेष्ठ, मिस क्युट कटहरीकी हिमानी राजवंशी, मिस कन्फिडेन्ट विराटनगरकी परी नेवटिया र मिस चार्मिङ इटहरीकी अविज्ञा पोखरेल भए ।
यस्तै, मिस्टर पपुलर, मिस्टर ट्यालेन्टको उपाधि पथरीका सार्थक भट्टराईले जिते । मिस्टर मल्टिमिडिया र मिस्टर फोटोजेनिकको उपाधि आरुष दाहालले जिते । मिस्टर पब्लिक च्वाइस रोहितकुमार साह, मिस्टर इन्टेलेक्ट अभियान श्रेष्ठ, मिस्टर डिसिप्लिन विराटनगरका आदर्श रौनियार र मिस्टर क्युट विराटनगरका प्रसुन तामाङ भए ।
प्रतियोगिताको प्रमुख अतिथि प्रदेश १ का प्रदेशसभा सदस्य भीम पराजुलीलगायतले पुरस्कार वितरण गरे । मिस्टर एण्ड मिस लिटल कोसीका विजेताले जनही ३०/३० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे । फाइनलका प्रतिस्पर्धीले प्रमाणपत्र र विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गरे ।