सिरहा । चुनावमा कम मत आएको विषयमा विवाद हुँदा सिरहामा नेपाली कांग्रेसका १ जना कार्यकर्ताको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धाबाट खुलेको छ ।

कांग्रेस कार्यकर्ता सिरहाको बरियारपट्टी गाउँपालिका–१ का ३२ वर्षीय रामशंकर यादवको हत्या भएको थियो । हत्या गरेर फ्यालेको अवस्थामा नगरी–बडहरी सडकखण्डमा गत शुक्रबार शव फेला परेको थियो ।

हत्याको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले अजयकुमार साह र दीपेन्द्रकुमार यादवलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

दुवै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन प्रहरीले म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाएको छ । चुनावमा मत कम आएको विषयमा विवाद भएपछि रामशंकरको हत्या भएको पाइएको प्रहरीले जनाएको छ ।

77
Shares
१३ मंसिर २०७९, मंगलवार ०९:१०