काठमाडौं । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । समूहको दोस्रो खेलमा उरुग्वेलाई २-० गोलले पराजित गरेपछि पोर्चुगल दोस्रो चरण प्रवेश गरेको हो ।

लुसेल स्टेडियममा पोर्चुगलले लुइस स्वारेज सम्मिलित उरुग्वेमाथि निरन्तर दबाब बनाएको थियो । तर गोलका लागि भने दोस्रो हाफसम्मै कुर्नु पर्‍यो । फर्नान्डेज, बर्नान्डो सिल्भा, जावोओ फिलिक्स र रोनाल्डोको प्रयास सफल भएन ।

उरुग्वेका रोड्रिगो बेन्ताकुरले पनि ३२ औँ मिनेट आफ्नो टिमलाई अग्रता दिलाउने राम्रो मौका पाएका थिए । तर पोर्चुगिच गोलकिपर डिएगो कोस्टाले बचाउ गरे । अन्तत: ५२ औँ मिनेटमा फर्नान्डेजले गोल गरेपछि पोर्चुगल १-० ले अघि रह्यो ।

उरुग्वेका म्याक्सी गोमेजले बराबरी गोल फर्काउने अवसर गुमाए । इन्जुरी समयमा फर्नान्डेजले नै पेनाल्टीमा गोल गरेपछि पोर्चुगल लगातार दोस्रो जित निकाल्दै समूह ‘एच’ बाट प्रि–क्वाटरफाइनलमा प्रवेश गर्‍यो ।

पहिलो खेलमा पोर्चुगलले घानामाथि ३-२ गोलको जित निकालेको थियो । उरुग्वेले भने नकआउटको सम्भावना कायमै राख्न समूहको अन्तिम खेलमा घानालाई पराजित गर्नु पर्नेछ । दक्षिण कोरियासँग बराबरी खेलेको उरुग्वेको एक अंक छ । तीन अंक बटुलेको घाना दोस्रो र एक अंकका साथ दक्षिण कोरिया तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु