विराटनगर । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य भीम पराजुलीले असल व्यक्तित्वहरूको पहिचान गर्नमा राज्य चुकिरहेको बताएका छन् । अबाल बह्मचारी बालागुरू षडानन्द प्रतिष्ठान विराटनगरद्वारा सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

देशमा रहेका सामाजिक, धार्मिक, शैक्षिक, ब्यक्तित्व तथा स्रष्टाहरूलाई राज्यले पहिचान र सम्मान गर्न नसकेको भन्दै उनले त्यस्ता कुराहरुको उठान आफूले गर्ने बताए । भरखरै प्रदेश सभा सदस्यमा निर्वाचित भएको र प्रदेश सरकार निर्माणसँगै त्यस्ता व्यक्तित्वको पहिचान र सम्मान गर्ने वातावरण  बनाउने बताए ।

‘राजनीतिमा उदाएका नयाँ युवा पुस्ता छ’ पराजुलीले भने ‘त्यो त्यसै बस्दैन । केही गरौ भन्ने उदेश्यले आएको छ, सवैले सहयोग गर्नु पर्छ ।’ प्रतिष्ठानका अध्यक्ष गायत्रीकुमार चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा लेखक सुदीप अधिकारीलाई जीवनाथ-रमानाथ-खड्गप्रसाद षडानन्द स्मृति पुरस्कार र समाजसेवी सूर्यबहादुर बस्नेतलाई सम्मान गरिएको थियो ।

यस्तै प्रतिष्ठानले सोमबारनै ११ सदस्य रहेको नयाँ कार्यसमिति चयन गरेको छ । समितिको अध्यक्षमा कोमलकृष्ण अधिकारी,उपाध्यक्ष रमेशकुमार चापागाई, सचिव दिनेश सुवेदी, कोषाध्यक्ष रुपेश बस्नेत र सदस्यहरुमा पुष्पलता कोइराला, सरिता दमन्ता गौतम, मेनुका कोइराला, मन्जु पौडेल, नारायण पराजुली,घनश्याम पौडेल र दीपक बोगटी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबरहरु