विराटनगर । हाडजोर्नीको उपचार अब विराटनगरमै सुविधासम्पन्न अस्पतालमा गर्न सकिने भएको छ । विराटनगर ३ कन्चनबारीस्थित आर्या न्यूरो अस्पतालमा हाडजोर्नीसम्बन्धी रोगको उपचार सहज भएको हो ।

अत्याधुनिक उपकरण तथा अनुभवी हाडजोर्नी विशेषज्ञ चिकित्सक सहितको टिमले हाडजोर्नीको उपचार गर्ने गरेको छ । उक्त अस्पतालमा जोर्नी प्रत्यारोपणदेखि हाड जोड्नेसम्मको उपचार हुने गरेको छ ।

आर्या न्यूरोमा अर्थोस्कोपिक, हाडजोर्नीसम्बन्धी उपचार, मेरुदण्ड शल्यक्रिया, मेरुदण्डमा स्टिल हाल्ने, जोर्नी प्रत्यारोपण (घुँडा, कम्मर तथा कुहिना) हुने गरेको छ ।

जोर्नी प्रत्यारोपणदेखि हाड जोर्नी फेर्नेसम्मको उपचार सेवा सुरु भएपछि अब विराटनगर बाहिर जानुपर्ने बाध्यता हटेको वरिष्ठ हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. मिलन केसीले बताए ।

मोरङको जहदा गाउँपालिका ३ की ७२ वर्षीय फूलदेवी ऋषिदेवको हिपको केही दिनअघि उक्त अस्पतालमा सफल प्रत्यारोपण गरिएको थियो । डा. केसीको नेतृत्वमा राजवंशीको हिपको सफल प्रत्यारोपण भएको हो ।

उपचार भएपछि राजवंशी अहिले सहज रुपमा हिँडडुल गर्न सक्ने भएकी छिन् । ‘उमेर बढदै जाँदा हड्डी खिइने समस्या हुने गर्दछ,’ डा. केसीले भने, ‘यस्तो समस्याको हामीकहाँ सहज उपचार गरिन्छ ।’

सवारी दुर्घटनमा परी उर्लाबारीका ३० वर्षीय समीर पौडेल मेरुदण्ड र ‘पेलविस’ भाँचिएको थियो । डा. केसीले त्यसको पनि सफल शल्यक्रिया गरेका थिए । उपचारपछि बिरामी घर फर्किसकेका छन् ।

यसैगरी भोजपरकी ३० वर्षीय सिर्जना तामाङ लडेर घाइते भएकी थिइन् । उनको मेरुदण्डमा गम्भीर चोट लागेको थियो । खुट्टा पनि नचल्ने भएको थियो ।

उपचारका लागि उनलाई विराटनगरकै अर्को एक अस्पतालमा पाँच दिनसम्म राखिएको थियो । त्यहाँ ठिक नभएपछि आफन्तको सहारामा आर्या न्यूरो हस्पिटल पुगेकी थिइन् ।

कात्तिक २ गते वरिष्ठ न्यूरो सर्जन तथा अस्पतालका प्रबन्धक निर्देशक डा. पंकजराज नेपालको टिमले उनको मेरुदण्डको सफल शल्यक्रिया गरेको थियो ।

२८ दिन हस्पिटलमा बसेपछि १ मंसिरमा उनी घर फर्केकी थिइन् । ‘अहिले मज्जाले हिडडुल गर्न सक्ने भएको छु,’ उनले भनिन्, ‘आर्या न्यूरोले नयाँ जीवन दिएको छ ।’

यसरी अस्पतालमा डा. केसीको अग्रसरतामा हाडजोर्नीसम्बन्धी रोगीका बिरामीको उपचारमा आर्या न्यूरो प्रभावकारी बनिरहेको छ । उपचार सेवा अब्बल भएकैले उक्त अस्पतालमा प्रदेश १ का विभिन्न जिल्लाका साथै भारतबाट पनि बिरामी आउन थालेका छन् ।

जटिल शल्याक्रियालाई आवश्यक पर्ने प्रविधि र विशेषज्ञ चिकित्सक उपलब्ध भएसँगै उपचार गराउने बिरामीको संख्या बढ्दै गएको अस्पतालले जनाएको छ ।

घुँडाको प्रत्यारोपण पनि हुन थालेपछि अब विराटनगर बाहिर जानुपर्ने बाध्यता हटेको डा. नेपालले बताए । चिकित्सकका अनुसार ५० वर्षमाथिका वृद्धवृद्धामा घुँडाको हाड बढेर हुने दुखाइ कम गर्न यस्तो प्रत्यारोपण गरिन्छ ।

घुँडाको हाड काटेर त्यसमा नयाँ निर्मित ‘जोइन्ट’ उपकरण राखिन्छ । खासगरी वृद्धाअवस्था भएपछि घुँडा दुख्ने समस्या आउने गरेको बताउँदै डा. केसीले भने, ‘अपरेसनपछि पूर्ववत् अवस्थामा फर्कन सकिन्छ ।’

जोर्नी प्रत्यारोपण गरेपछि बिमारीहरू पहिलेजस्तो हिंँडडुल गर्न सक्दैनन् भन्ने धारणा गलत भएको चिकित्सकको भनाइ छ ।

56
Shares
१२ मंसिर २०७९, सोमबार १७:३८